PahiloPost

May 21, 2026 | ७ जेठ २०८३

इरान र इराकमा अमेरिकी विमान उडाउन प्रतिबन्ध 



पहिलोपोस्ट

इरान र इराकमा अमेरिकी विमान उडाउन प्रतिबन्ध 

इरान र अमेरिकाबीच तनाव बढ्दै गएको छ। शुक्रबार अमेरिकी हवाई आक्रमणमा इरानी सैन्य जनरल कस्सिम सोलेमानीको मृत्यु भएको थियो।

आफ्ना जनरलको मृत्यु भएपछि इरानले बदलास्वरुप बुधबार बिहान इराकमा रहेका दुई सैन्य आधार शिविरमा १२ वटा भन्दा धेरै मिसाइल आक्रमण गरेको छ।

दुवै देशबीच हवाई आक्रमण बढ्दै जाँदा अमेरिकाको फेडरल एभिएसन एडमिनिस्ट्रेसन (एफएए) ले इरान, इराक र पर्सिन गल्फ र गल्फ अफ ओमनमा अमेरिकी विमान सेवाहरु उडाउन प्रतिबन्ध लगाएको छ। एफएएले अमेरिकाबाट सञ्चालित विमान सेवा प्रदायक कम्पनीहरुलाई सूचना जारी गर्दै अर्को सूचना नआएसम्म उल्लेखित स्थानबाट विमा नउडाउन निर्देशन दिएको हो।       

मध्यपूर्वमा भइरहेको घटनालाई आफूहरुले नियालिरहेको भन्दै एफएएले आगामी दिनमा आफ्ना सुरक्षा सहयोगी र अमेरिकी हवाई सेवा प्रदायकहरुसँग सहकार्य गरिरहने बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell