PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

भक्तपुर नगरपालिकाले शुरु गर्‍यो शैक्षिक ऋण सम्झौता



पहिलोपोस्ट

भक्तपुर नगरपालिकाले शुरु गर्‍यो शैक्षिक ऋण सम्झौता

भक्तपुरः नगरपालिकाले नगरवासी विद्यार्थीलाई शैक्षिक ऋण प्रदान गर्न सम्झौता शुरु गरेको छ।

गरिब र इमानदार ९१ विद्यार्थीलाई चालु आर्थिक वर्षमा ऋण उपलब्ध गराइने नगरपालिकाले जनाएको छ। नगरप्रमुख सुनिल प्रजापतिले कार्यक्रमको मंगलवार शुभारम्भ गर्दै ऋणको सही सदुपयोग गर्न विद्यार्थी एवं अभिभावकलाई आग्रह गरे।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले दिएको अधिकार प्रयोग गरी नगरपालिकाको चौथो नगरसभाले शैक्षिक ऋण वितरण गर्ने नीति पारित गरी गतवर्षदेखि नै कार्यान्वयनमा ल्याएको थियो।

कार्यक्रममा वडा नम्बर ९ का अध्यक्ष रवीन्द्र ज्याख्वले वर्षदेखि नगरपालिकाभित्र स्थायी बसोबास गर्ने जेहेन्दार तथा विपन्न विद्यार्थीलाई शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर ६ प्रतिशत ब्याजदरमा पाँच लाख रुपैयाँसम्मको रकम वितरण गर्दै आएको जानकारी दिए। नगरपालिकाले शैक्षिक ऋण दिन निर्देशिका तयार गरेको छ।

नगरपालिकाले गत आव २०७५/७६ मा ३७ नगरवासी विद्यार्थीसँग शैक्षिक ऋणको सम्झौता गरेको थियो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell