PahiloPost

Jul 29, 2025 | १४ साउन २०८२

१८० जना यात्रु बोकेको युक्रेनी एयरलाइन्सको विमान तेहरानमा दुर्घटना 



पहिलोपोस्ट

१८० जना यात्रु बोकेको युक्रेनी एयरलाइन्सको विमान तेहरानमा दुर्घटना 

युक्रेनी एयरलाइन्सको एक विमान दुर्घटनामा परेको छ। इरानको तेहरानस्थित इमाम खोमेनी अन्तर्राष्ट्रिय विमानस्थल नजिकै विमान दुर्घटनामा परेको हो। टेकअफको केही समयभित्रै विमान दुर्घटनामा परेको हो। बोइङ ७३७ मा चालक दलका सदस्य र १८० यात्रु रहेको बताइएको छ। 

दुर्घटनाको क्षतिको विवरण आइनसकेको समाचार एजेन्सीहरुले जनाएका छन्। विमानले युक्रेनको राजधानी केइभको बोरिस्पिल विमानस्थलसम्म  उडान गर्दै थियो। 

इरानको अर्धसरकारी समाचार संस्था आइएसएनले प्राविधिक कारणले विमान दुर्घटनामा परेको उल्लेख गरेको छ। घटनाको पूर्ण विवरण आइसकेको छैन। 

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियो अनुसार विमान जमिनमा ठोक्कएपछि ठूलो आगलागी भएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell