PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

विप्लवका नुवाकोट जिल्ला सेक्रेटरी सिलवाल पक्राउ



पहिलोपोस्ट

विप्लवका नुवाकोट जिल्ला सेक्रेटरी सिलवाल पक्राउ

नुवाकोट : जिल्ला प्रहरी कार्यालय नुवाकोटले प्रतिबन्धित नेत्रविक्रम चन्द समूहका जिल्ला सेक्रेटरी ‘अशोक’ भनिने विन्तोष सिलवाललाई पक्राउ गरेको छ। सिलवाल काठमाडौंबाट पक्राउ परेका हुन्।

‘सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता’ विरुद्धको कसुर अभियोगमा जिल्ला प्रशासन कार्यालयमार्फत म्याद लिएर अशोकलाई अनुसन्धान थालिएको जिल्ला प्रहरी प्रमुख अविनारायण काफ्ले जानकारी दिए।

नुवाकोटको विदुर नगरपालिका वडा नम्बर २ नुवाकोटडाँडा, वडा नम्बर १० गेर्खु, बेलकोटगढी नगरपालिका वडा नम्बर ४ पेटारेपाखामा एनसेलको टावरमा आगजनी, ककनी गाउँपालिकाको वडा नम्बर १ को वडा कार्यालयमा बम विष्फोट तथा डर र त्रास दिएर विभिन्न स्थानमा चन्दा संकलन गरेको लगायतका अभियोगमा समेत अशोक संलग्न रहेको प्रहरीले दावी गरेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell