PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

सरकारी सेवाको अवसर, लोकसेवा आयोगले माग्यो ५४८ नायव सुब्बा



पहिलोपोस्ट

सरकारी सेवाको अवसर, लोकसेवा आयोगले माग्यो ५४८ नायव सुब्बा

काठमाडौं : लोकसेवा आयोगले खुला तथा समावेशी रुपमा पदपूर्ति गर्नेगरी ५४८ नायव सुब्बाका लागि आवेदन खुला गरेको छ। १८ वर्ष पूरा भइ ३५ वर्ष ननाघेकाले आवेदन दिन सक्नेछन्। महिलाको हकमा उच्चतम् उमेर ४० वर्ष हुनेछ। सेवाभित्रका लागि उमेर हद लाग्ने छैन।

न्यूनतम प्रवीणता प्रमाणपत्र तह वा सो सरह शैक्षिक योग्यता भएका व्यक्तिले आवेदन दिन सक्नेछन्। दरखास्त बुझाउने अन्तिम म्याद माघ १४ गतेसम्म कायम छ।  दोब्वर दस्तुरमा  माघ २१ गतेसम्म आवेदन बुझाउन सकिनेछ।

कहाँ कति कोटा?

लोकसेवा आयोगले सार्वजनिक गरेको सूचना अनुसार धनकुटा कार्यालयमा खुल्ला ४१, महिला १२, आदिवासी जनजाति ९, मधेशी ७, दलित ३, अपाङ्गता भएका १ र पिछडिएका क्षेत्रका लागि १ कोटा निर्धारण गरिएको छ। यस्तै जलेश्वर कार्यालयमा खुल्ला ४८, महिला १३, आदिवासी जनजाति १०, मधेशी १०, दलित ६, अपाङ्गता भएका १ र पिछडिएका क्षेत्रका लागि १ कोटा तोकिएको छ।

काठमाडौं कार्यालयतर्फ खुल्ला ८१, महिला २१, आदिवासी जनजाति १९, मधेशी १६, दलित ६, अपाङ्गता भएका ५ र पिछडिएका क्षेत्रमा १ कोटा तोकिएको छ।

पोखरा कार्यालयमा खुल्ला ३५, महिला ८ आदिवासी जनजाति ८, मधेशी ५, दलित ३, अपाङ्गता भएका २ र पिछडिएका क्षेत्र २ कोटा निर्धारण गरिएको छ।

त्यसै गरि बुटवल कार्यालयमा खुल्ला ४८, महिला १३, आदिवासी जनजाति १०, मधेशी ८, दलित ४, अपाङ्गता भएका लागि ३ कोटा तोकिएको छ।

सुर्खेत कार्यालया खुल्ला २३, महिला ७, आदिवासी जनजाति ६, मधेशी ३, दलित १, अपाङ्गता भएका ३ कोटा तोकिएको छ।

दिपायल कार्यालय खुल्ला २५, महिला ५ आदिवासी जनजाति५, मधेशी ४, दलित २, अपाङगता भएका १ र पिछडिएका क्षेत्र २ कोटा तोकिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell