PahiloPost

Jul 29, 2025 | १४ साउन २०८२

चिनारी कृषि फार्ममा आगलागी : डेढ करोड रुपैयाँ बराबरको क्षति



पहिलोपोस्ट

चिनारी कृषि फार्ममा आगलागी : डेढ करोड रुपैयाँ बराबरको क्षति

काठमाडौं : लमजुङ देउरालीमा रहेको चिनारी कृषि फार्ममा विद्युत सर्ट भएर आगलागी हुँदा डेढ करोड भन्दा बढीको क्षति भएको छ।

आगलागीबाट पचास वटा बाख्रा र एक सय भन्दा बढी लोकल कुखुरा जलेर नष्ट भएको संचालक भरतराज पोखरेलले बताए।

उनका अनुसार मंगलबार साँझ पौने ७ बजे अचानक विद्युत सर्ट भएपछि फार्ममा आगालागी भएको थियो। फार्ममा एक सय ७० बाख्रा र ३ सय लोकल कुखरा थिए। पोखरेलले आगलागी हुँदा दुई वटा बाख्राको आधुनिक खोर र गोदाम घर जलेर नष्ट भएको जानकारी दिए।

डेढ सय रोपनीमा ६० वटा बाख्रा र ५० वटा लोकल कुखुरा पालेर कृषि फार्मको सुरुवात भएको थियो। सुरुमा ४ करोड लगानीबाट सुरु गरिएको फार्ममा हाल ५ करोड लगानी पुगेको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell