PahiloPost

May 13, 2025 | ३० बैशाख २०८२

'चार्ली फोस्टर' मा समातिएका १ सय २२ चिनियाँ हाँस्दै उडे चीनतिर

'चार्ली फोस्टर' मा समातिएका १ सय २२ चिनियाँ हाँस्दै उडे चीनतिर

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : राजधानीका विभिन्न स्थानमा रहेका ९ वटा घरबाट 'साइबर अपराध'को अभियोगमा पक्राउ परेका १ सय २२ चिनियाँलाई डिपोट गरिएको छ। चिनियाँ नागरिकलाई लिन आज दिउँसो दुईवटा विमान काठमाडौं अवतरण भएका थिए।

उनीहरुलाई आइतवार जिल्ला प्रशासन कार्यालय काठमाडौंले अभद्र व्यवहारमा जनही एक हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने आदेश गरेको थियो। महानगरीय प्रहरी कार्यालय काठमाडौं लगायत विभिन्न वृत्तमा रहेका उनीहरुलाई आज सोझै विमानस्थल पुर्‍याइएको थियो। हिरासतमा रहेका चिनियाँ नागरिक कोही मुख छोप्दै त कोही मुस्कुराउँदै प्रहरीको गाडी चढेर विमानस्थल पुगेका थिए। उनीहरुको सरसामान केही समय अगाडि नै प्रहरीले विमानस्थल पुर्‍याइसकेको थियो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र चीनको एनसीबी बेइजिङको संयुक्त अपरेसनमा पुस ७ गते १ सय २२ जनालाई नियन्त्रणमा लिएको थियो। उनीहरुसँग पासपोर्ट नभएको तथा भिषा सकिएको भन्दै अध्यागमन विभागले डिपोट गर्ने निर्णय गरेको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell