PahiloPost

Jul 29, 2025 | १४ साउन २०८२

इराकमा रहेका नेपालका शान्ति सैनिकलाई शतर्कता अपनाउन निर्देशन



पहिलोपोस्ट

इराकमा रहेका नेपालका शान्ति सैनिकलाई शतर्कता अपनाउन निर्देशन
युएन मिसनमा खटिएको नेपाली सेनाको फाइल फोटो।

काठमाडौं : इराकको शान्ति सैनिक मिसनमा खटिएका नेपाली सेनालाई आवश्यकता अनुसार सुरक्षा शतर्कता अपनाउन नेपाली सेनाको मुख्यालयले निर्देशन दिएको छ।

इराकको किर्कु र इर्बिल स्थित संयुक्त राष्ट्रसंघको बेसमा रहेका नेपाली गार्ड युनिटीमा खटिएका शान्ति सैनिकहरुलाई आवश्यक सुरक्षा सतर्कता अपनाउन निर्देशन दिइएको हो। त्यस्तै नेपाली सेनाले त्यही स्थानमा रहेका नेपाली शान्ति सैनिकहरु सकुशल रहेको समेत जानकारी गराएको छ।

शुक्रवार इराकमा अमेरिकाले गरेको हवाई आक्रमणमा इरानी सैन्य जनरल कस्सिम सोलेमानीको मृत्यु भएपछि खाडी मुलुकसमेत प्रभावित हुने अवस्था आएको छ। त्यस्तै बुधवार इराकमा अमेरिकी सैनिक रहँदै आएको अल असद एयर बेसमा इरानले हवाई आक्रमण गरेको छ। आक्रमणमा ८० जना अमेरिकन सैनिक मारिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell