PahiloPost

Jul 4, 2025 | २० असार २०८२

होटेल सञ्चालकसहित ६ जना जुवाडे पक्राउ



एम बम

होटेल सञ्चालकसहित ६ जना जुवाडे पक्राउ

कैलाली : प्रहरीले धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बाट जुवा खेलिरहेको अवस्थामा ७ जनालाई पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ३ स्थित सागर होटेलबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

पक्राउ पर्नेहरूमा ललितसिंह धामी, नरेश खत्री, हरेन्द्र कार्की, पदमराज जोशी, पदमराज भट्टराई, दीपक विष्ट र पदम चन्द रहेका छन्। पक्राउ परेका पदम चन्द होटेल सञ्चालक हुन्।

उनीहरूका साथबाट ७९ हजार ५ सय ५० रुपैयाँ समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले बताए।

‘होटेलमा जुवा खेलिरहेको सूचनाका आधारमा प्रहरी बिट चटकपुरको समन्वयमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो,’ उनले भने।

पक्राउ परेकाहरूलाई जुवा कसुरमा कारबाही गरिने बस्नेतले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell