PahiloPost

Apr 30, 2025 | १७ बैशाख २०८२

जन्मदर्ताका लागि दुई लाख घुस!



रासस

जन्मदर्ताका लागि दुई लाख घुस!

काठमाडौं : जन्मदर्ता प्रमाणपत्र बनाइदिने भन्दै घुस मागेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वडासचिवविरुद्ध विशेष अदालतमा आज मुद्दा दर्ता गरेको छ। सप्तरीको महादेवा गाउँपालिका ६ का वडासचिव नायव सुब्बा नवोनाथ मिश्रले जन्मदर्ताको प्रमाणपत्र बनाउन पुगेका सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिएको अभियोगमा आयोगले केही दिन पहिले उनलाई पक्राउ गरेको थियो। 

वडासचिव मिश्रले आफ्नो जिम्मेवारी र पदीय दायित्व विपरीत सेवाग्राहीको जन्म दर्ता गराई दिनको लागि घुस लिएको पुष्टि भएकाले बिगोबमोजिम कारबाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell