PahiloPost

May 21, 2026 | ७ जेठ २०८३

भ्यालेन्सियालाई हराउँदै रियल मड्रिड फाइनलमा



पहिलोपोस्ट

भ्यालेन्सियालाई हराउँदै रियल मड्रिड फाइनलमा
तस्बिर : रियल मड्रिड/ट्विटर

स्पेनिस सुपर कप अन्तर्गतको गएराति भएको खेलमा रियल मड्रिडले भ्यालेन्सियालाई हराउँदै फाइनल प्रवेश गरेको छ। घरेलु टोली भ्यालेन्सियालाई ३-१ ले हराउँदै मड्रिड फाइनल प्रवेश गरेको हो।

रियलको जितमा टोनी क्रुस, लुका मोड्रिच र इस्कोले १/१ गोलको योगदान गरेका थिए।

खेलको १५ औं मिनेटमै क्रुसले गोल गर्दै रियललाई अग्रता दिलाए भने ३९ औं मिनेटमा इस्कोले गोल गर्दै अग्रता दोब्बर बनाए।

पहिलो हाफमा २-० ले अगाडि रहेको रियलका लागि ६५ औं मिनेटमा लुका मोड्रिचले गोल गर्दै टिमलाई सहज जिततर्फ डोहोर्‍याए। भ्यालेन्सियाका लागि ९० औं मिनेटमा पजेरोले सान्त्वना गोल फर्काए।

स्पेनिस सुपरकप यसपटक नयाँ ढाचामा खेलाइएको छ। ला लिगा र कोपा डेल रे को शीर्ष २ टोलीले स्पेनिस सुपरकप खेल्ने गर्छन्। तर यसपटक ला लिगाको विजेता र कोपा डेल रे को उपविजेता बार्सिलोना भएकाले तेस्रो स्थानको रियलले मौका पाएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell