PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

ह्यारी र मेगनद्वारा शाही भूमिकाबाट अलग बस्ने घोषणा



पहिलोपोस्ट

ह्यारी र मेगनद्वारा शाही भूमिकाबाट अलग बस्ने घोषणा

ब्रिटेनको राजपरिवारका सदस्य ह्यारी र मेगन मार्कलले शाही भूमिकाबाट अलग बस्ने घोषणा गरेका छन्। आर्थिक रुपमा आत्मनिर्भर बन्न दुवै जना काम गर्ने चाहनास्वरुप उनीहरुले सो निर्णय लिएको बताइएको छ।

एक व्यक्तव्य जारी गर्दे उनीहरुले अबको समय बेलायत र उत्तर अमेरिकामा बस्ने बताएका छन्।

ह्यारी र मार्कलको उक्त निर्णयबाट बेलायती राजपरिवारका वरिष्ठ सदस्यहरु दुःखी भएको बीबीसीले जनाएको छ।

शाही जिम्मेवारीबाट अलग रहने घोषणाबारे उनीहरुको बेलायती महारानी एलिजावेथ र अन्य सदस्यसँग छलफल नगरेको बताइएको छ। यसैले पनि बेलायती राजदरबार उनीहरुको निर्णयका कारण निकै निराश रहेको बताइन्छ।

ह्यारी र मार्कलले आफूहरुले लिएको निर्णयले बेलायती राजसंस्थामा नयाँ सुरुवात गर्ने भन्दै लेखेका छन्, 'हामी महारानीप्रतिको कर्तव्य जारी राख्नेछौँ। हामी भौगोलिक सन्तुलन मिलाएर हाम्रा सन्तानलाई शाही परम्परामा हुर्कन सक्षम बनाउने छौँ। यसबाट हाम्रो परिवारको ध्यान नयाँ अध्यायमा केन्द्रित हुनेछ। यससँगै नयाँ परोपराकारी संस्थाको पनि सुरुवात हुनेछ।'

उनीहरुको निर्णयपछि बेलायती राजदरबार निराश रहेको खबर सार्वजनिक भए तापनि आधिकारिक धारणा सार्वजनिक  गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell