PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

समयसीमा भित्र काम सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कारबाही गरिने



रासस

समयसीमा भित्र काम सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कारबाही गरिने

फिदिम : भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले संशोधित सार्वजनिक खरीद नियमावलीअनुसार काम नगरे निर्माण व्यवसायीलाई कारबाही गरिने बताएका छन्।

उनले भने, ‘ठेकेदारहरु सुध्रिने मौका दिनेगरी सरकारले नियमावलीको संशोधन गरेको हो। अगामी दिनमा समयसीमा भित्र काम सम्पन्न नगर्ने ठेकेदारलाई कारबाही गरिने छ।’

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मन्त्री नेम्वाङले रुग्ण आयोजनाहरुको छिटो निर्माणका सम्पन्न गर्न सरकारले उच्च प्राथमिकता दिएको बताए।

‘ठूला पूर्वाधारका आयोजना निर्माण गर्न निर्माण कम्पनी र सरकारी निकायलाई उत्तिकै जिम्मेवार बनाइने छ’, मन्त्री नेम्वाङले भने, ‘समयमा बजेट निकासा नहुने, स्थानीयस्तरमा अवरोध हुने जस्ता समस्या समाधानका मन्त्रालयको विशेष ध्यान दिएको छ।’

उनी पुष्पलाल (मध्यपहाडी) लोकमार्गलगायत पूर्वी पहाडका विकास आयोजनाको स्थलगत अनुगमनका क्रममा यहाँ आएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell