PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

दुई जना फरार प्रतिवादी पक्राउ



रासस

दुई जना फरार प्रतिवादी पक्राउ

राजविराज : विभिन्न मुद्दाका दुई जना फरार प्रतिवादीलाई प्रहरीले सप्तरीको डाक्नेश्वरीबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका-९ का ३८ वर्षीय बलराम मेहता र सोही ठाउँका ५९ वर्षीय मुनर यादव रहेका छन्। सुरक्षा बेस क्याम्प पत्थरगढाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए।

पक्राउ परेका मेहता शिक्षासम्बन्धी मुद्दामा र यादव कुटपिट मुद्दामा फरार रहेका थिए। आफ्नै गाउँघरमा लुकिछिपि बस्दै गरेको अवस्थामा दुवै जनालाई बुधवार पक्राउ गरी जिल्ला अदालत पठाइएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell