PahiloPost

Jul 29, 2025 | १४ साउन २०८२

जेएनयू पुगेपछि हरेक घण्टा दुई हजारका दरले बढ्यो दीपिकाको फलोअर्स



पहिलोपोस्ट

जेएनयू पुगेपछि हरेक घण्टा दुई हजारका दरले बढ्यो दीपिकाको फलोअर्स

मुम्बई : फिल्म ‘छपाक’को प्रोमोसनमा व्यस्त रहेकी दीपिका पादुकोण मंगलवार राति जवाहरलाल नहरु युनिभर्सिटी (जेएनयू) पुगिन्। नकावधारी समूहको आक्रमणबाट घाइते भएका विद्यार्थीहरुलाई भेट्न उनी जेएनयू पुगेकी थिइन्।

दीपिका जेएनयू पुगेपछि केही मानिसहरुले त्यसको विरोध समेत गरेका थिए। उनीविरुद्ध #BoycottDeepika तथा #BoycottChhapaak जस्ता ट्रेन्ट ट्विटरमा चलाइए पनि। त्यसका बावजुद सोसल मिडियामा उनको फलोअर्स भने तीव्र रुपमा बढिरहेको छ। मंगलवार राति १२ वजेदेखि बुधवार साँझ छ वजेसम्म उनलाई ट्विटरमा प्रत्येक घण्टा करिव २ हजार जनाको दरले मानिसहरुले फलो गरे।

सोससब्लेड डट कममा भएको तथ्यांक अनुसार मंगलवार राति १२ वजेसम्म दीपिकाको फलोअर्सको संख्या २ करोड ६७ लाख २४ हजार ९९१ थियो। तर बुधवार साँझ ५ वजेसम्म यो संख्या बढेर २ करोड ६७ लाख ५८ हजार ६०४ पुग्यो। अर्थात करिव १७ घण्टामा दीपिकाको ३३ हजार ६३३ फलोअर्स बढ्यो। जबकी मंगलवारअघि पछिल्लो सातामा उनको फलोअर्स करिव ३ हजार ६५५ प्रतिदिनको दरले मात्रै बढेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell