PahiloPost

Jul 22, 2026 | ६ साउन २०८३

प्रदेश नम्बर २ सरकारले माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने



राधेश्याम पटेल

प्रदेश नम्बर २ सरकारले माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने

वीरगंज : आन्दोलनमा बलिदानी दिएका शहीदहरुको सम्झनामा मनाइने ‘बलिदानी दिवस’ प्रदेश सरकारले यस वर्ष वीरगंजमा विशेष समारोहको आयोजना गरि मनाउने भएको छ।

प्रदेश सरकार मन्त्री परिषद्को आज सम्पन्न बैठकले माघ ५ गते ‘बलिदानी दिवस’ भव्यताका साथ मनाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिए।

प्रदेश सरकारको आयोजनामा हुने उक्त कार्यक्रममा विभिन्न शीर्ष नेताहरुको समेत उपस्थिति रहने बताइएको छ। उक्त कार्यक्रममा मधेश आन्दोलनका शहीद परिवार एवं घाइतेहरुलाई सम्मान समेत गरिने जनाइएको छ।

२०६३ साल यता मधेश केन्द्रित दलहरुले शहीदहरुको सम्झनामा मनाउँदै आएको ‘बलिदानी दिवस’ गत वर्षदेखि प्रदेश सरकारले मनाउन थालेको हो। गत वर्ष माघ पाँच गते सिरहाको लहानमा बलिदानी दिवसको विशेष समारोह आयोजना गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell