PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

मनाङ र मछिन्द्रबीचको टक्करले आर्मीलाई फाइदा, दुई ‘स्टेप’ जम्प गर्दै उक्लियो शीर्ष स्थानमा



मुकुन्द घिमिरे

मनाङ र मछिन्द्रबीचको टक्करले आर्मीलाई फाइदा, दुई ‘स्टेप’ जम्प गर्दै उक्लियो शीर्ष स्थानमा

विभागिय टिम त्रिभुवन आर्मी क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ। बिहीबार भएको खेलमा सरस्वती युथ क्लबलाई हराउँदै आर्मी शीर्ष स्थानमा उक्लिएको हो। बिहीबार पाँचौं चरण खेल सकिएको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा सरस्वती युथ क्लबलाई आर्मीले १-० गोल अन्तरले हरायो।

आर्मीका लागि पहिलो हाफमै जर्ज प्रिन्स कार्कीले गोल गर्दै टिमलाई अग्रता दिलाए। उनको ३० औं मिनेटको गोलले नै आर्मीको जित सुनिश्चित गर्‍यो।

यता आर्मीसँग पराजित भएको पोखरेली क्लब सरस्वती भने लगातार ५ खेलमा पराजय भोग्दै रेलिगेशनको जोखिममा छ।

त्यसै पनि आर्मी लिगको सदावहार दाबेदार नै हो। यसपटक पनि साविक विजेता मनाङ, ‘हेविवेट’ मछिन्द्रसँगैसँगै आर्मी पनि अंक तालिकाको शीर्ष स्थानमा पुग्ने होडमा छ। र, लिगको पाँचौं चरणमा पुग्दा आर्मी सफल पनि भएको छ।

अघिल्लो संस्करणमा धेरै वराबरी खेल्नाले घाटामा परेको आर्मीले यसपटक शुरुबाटै सम्हालिएको छ।

लिग शुरु हुनुअघि आर्मीका कप्तान भरत खवासले भनेका थिए, ‘लास्ट टाइम ड्र धेरै खेल्यौं। यस पटक त्यसलाई सुधार्नु पर्ने हामीले बुझेका छौं। त्यतिबेला गोललेस ड्र ले हामीलाई घाटा गराएको थियो। यस पटक हामी फिनिसिङ लाइनलाई सुधारेर लाँदैछौं।’

उनले भनेकै हिसावले आर्मीको खेल गइरहेको छ। जारी सिजनमा ५ खेल खेलेको आर्मीले ४ वटा जित निकालेको छ भने एउटा खेलमा हार ब्यहोर्दै १२ अंक जोडेको छ।

अहिलेसम्म लिग लिड गरिरहेको मनाङ मर्स्याङ्दी क्लब तालिकामा दोस्रो स्थानमा झरेको छ। मनाङको ११ अंक छ।

त्यस्तै अघिल्लो सिजनमा पुछार बाट दोस्रो स्थानमा रहेकाले यो सिजनमा १ अंक गुमाएको मछिन्द्र क्लब १० अंकसहित तालिकामा तेस्रो स्थानमा झरेको छ। मनाङ र मछिन्द्र दुवै टोलीले ५ खेल खेल्दै ३ जित र २ हार ब्यहोरेका थिए।

मनाङ र मछिन्द्रले समान ५ खेल खेलेका छन्, जसमा ३ जित र २ बराबरी खेलेका छन् दुवै टिमले। 

***

पुष २१ गते। 

जारी लिगमा केही अघिबाटै यो दिन चर्चामा थियो। त्यही चर्चाले पनि होला त्रिपुरेश्वरस्थित दशरथ रंगशाला अघिल्ला दिनको तुलनामा भरिएको थियौ। खेल हेर्न आउने दर्शकहरुको उपस्थिति राम्रो थियो। खेल थियो मनाङ मर्स्याङदी क्लब र मछिन्द्र क्लबको। खेल बराबरीमा रोकियो। दुवै टिमले अंक बाँडे। 

हुन त खेल सकिएपछि त्यो दिन झन चर्चामा रह्यो। खेलाडीको झगडा आलोचित रह्यो। फुटबल सकिएसँगै कुस्ती शुरु भयो। 

खैर, त्यो दिन आर्मीचाहीँ मुस्कुराइ रहेको थियो सायद। आफू भन्दा अगाडीका दुई टिमले अंक बाँडदा प्रत्यक्ष फाइदा आर्मीलाई भयो। बिहीवार सोझो रुपमा जित निकाल्दा पनि आर्मी आफूभन्दा अगाडिका दुई टिमलाई पछि पार्दै शीर्ष स्थानमा उक्लियो। २ स्थान जम्प गर्दै। छलाङ मारेर।

***

शीर्ष स्थानमा आउन आफूहरुलाई जितको आवश्यक रहेकाले सोही अनुरुप खेलेको आर्मीका प्रशिक्षक नवीन न्यौपानेले बताए।

‘आज हामीलाई प्वाइन्ट चाइएको थियो, शीर्ष स्थानमा आउन। प्रेसर र त्यसमाथि मैदानको खराब अवस्थाले स्कोर गर्न गाह्रो भयो। त्यसले पनि पुरा प्रेसर बढायो,’ उनले भने।

भरतको लिगामेन्टमा समस्या भएकोले उनलाई छिट्टै निकालिएको न्यौपानेले बताए। नेपाली टिममा स्ट्राइकरको कमी रहेको उलने बताए छ।

उनले भने, ‘मेन्टेन गर्न सकेको छैन नयाँ स्ट्राइकरहरुले। पुरानै चम्किरहेका छन्। ट्रेनिङमा अझ ध्यान दिनु पर्ने देखियो। नयाँ खेलाडीले स्कोर गर्न सकेको छैन।’ 

यता सरस्वतीका कोच प्रदिप नेपालले ५ वटा खेल हारे पनि अरु टिम धेरै माथी नभएको भन्दै आफूहरुले कमब्याक गर्ने बताए।

सो खेलमा म्यान अफ द म्याद भएका विकास खवासले आफ्नो तर्फबाट राम्रो खेलेको बताए। शीर्ष स्थानलाई निरन्तरता दिन चाहेको उनले बताए।

शीर्षस्थानसम्म आइपुग्दा आर्मी

फ्रेन्डस क्लबविरुद्ध २-० जित
मनाङ मर्स्याङदी क्लब बिरुद्ध ०-१ हार
हिमालयन शेर्पा क्लबविरुद्ध २-० जित
थ्री स्टार क्लबविरुद्ध २-० जित
सरस्वती युथ क्लब विरुद्ध १-०



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell