PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

२१ करोड राजश्व छलेको आरोपमा एक व्यवसायीविरुद्ध मुद्दा दायर



रासस

२१ करोड राजश्व छलेको आरोपमा एक व्यवसायीविरुद्ध मुद्दा दायर

काठमाडौं : झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि करको विजक प्रयोग गरी राजश्व छली गर्ने एक व्यवसायी विरुद्ध राजश्व अनुसन्धान विभागले मुद्दा चलाएको छ।

काठमाडौं महानगरपालिका–७ बस्ने युनिभर्सल ट्रेड एण्ड सप्लायर्स, युनिभर्सल प्रिन्टिङ प्रेस र युनिभर्सल निर्माण सेवाका सञ्चालक प्रकाशराज गिरीले २१ करोड १८ लाख रुपैयाँ विगो बराबरको राजश्व चुहावट गरेको आरोपमा आज काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको विभागले जनाएको छ। उक्त मुद्दामा विभागले विगो असूल गरी बिगोको दोब्बर जरिवाना र तीन वर्ष कैद सजायको मागदावी गरेको छ।

वस्तु तथा सेवा खरीद नै नगरी झुठ्ठा तथा नक्कली कर विजक मात्र खरीद गरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजश्व चुहावटको कसूर गरेको अनुसन्धानमा खुलेको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए।

प्रतिवादीले राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ को दफा ३ ले निषेधित गरेको कसूर गरेको आरोप लगाइएको छ। मूल्य अभिवृद्धि करतर्फ छ करोड र आयकरतर्फ १५ करोड १७ लाख रुपैयाँ राजश्व चुहावट गरेको विभागको दावी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell