PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

टिपर अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु



रासस

टिपर अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु

बनेपा : नमोबुद्ध नगरपालिका-२ बिपी राजमार्गअन्तर्गत सेल्फिडाँडामा आज टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार धुलिखेलबाट भकुण्डेबेसीतर्फ जाँदै गरेको वोल्ड वाइल्ड कन्ट्रक्सन प्रालि काठमाडौंको बा २ क ५ नम्बरको मिनी आइचर टिपर आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी २५० फिट तल खस्दा टिपरमा सवार दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको हो।

मुत्यु हुनेमा मकवानपुर जिल्ला टिस्टुङ पालुङ बस्ने अन्दाजी वर्ष २३ का चालक अस्बिन विष्ट र ललितपुर जिल्ला चुनीखेल बस्ने अन्दाजी वर्ष २२ का विशाल खड्का रहेका छन्। खड्का सडक विभाग वोल्ड वाईल्ड कन्ट्रक्सन प्रालि काठमाडौंका सुपर भाइजर रहेको प्रहरीले जनाएको छ। घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell