PahiloPost

May 21, 2026 | ७ जेठ २०८३

बार्सिलोनालाई हराउँदै एथ्लेटिको मड्रिड स्पेनिस सुपर कपको फाइनलमा



पहिलोपोस्ट

बार्सिलोनालाई हराउँदै एथ्लेटिको मड्रिड स्पेनिस सुपर कपको फाइनलमा
तस्बिर: Getty image/BBC

स्पेनिस सुपर कपको गएराति भएको खेलमा बार्सिलोनालाई हराउँदै एथ्लेटिको मड्रिड  फाइनलमा प्रवेश गरेको छ।

साउदी अरबमा सम्पन्न खेलमा मड्रिडले बार्सिलोनालाई ३-२ ले हराएको हो। कोरेयाले खेलको अन्तिम समयमा निर्णायक गोल गर्दा एथ्लेटिकोले फाइनल यात्रा सुनिश्चित गरेको हो।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा एथ्लेटिकोका लागि ४६ औं मिनेटमा कोकेले गोल गर्दै खेलमा अग्रता बनाएका थिए। तर त्यसको ५ मिनेटमै लियोनल मेस्सीले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काए। उनले खेलको ५१ औं मिनेटमा गोल गरेका थिए। ६२ औं मिनेटमा बार्सिलोनाले खेलमा अग्रता बनायो। एन्टोनी ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई २-१ को अवस्थामा ल्याए।

तर खेलको अन्तिम समयमा बार्सिलोना सम्हालिन नसक्दा एथ्लेटिकोले पुनरागमनको अवसर पायो। एथ्लेटिकोका लागि ८१ औं मिनेटमा मोराटा र ८६ औं मिनेटमा कोरेराले गोल गर्दा खेल ३-२ ले हात पार्‍यो। यो सँगै एथ्लेटिकोले फाइनलमा रियल मड्रिडसँग खेल्ने छ।

रियल मड्रिड यसअघि नै भ्यालेन्सियालाई हराउँदै फाइनलमा प्रवेश गरिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell