PahiloPost

Jul 29, 2025 | १४ साउन २०८२

कार दुर्घटनामा भारतीय नागरिकको मृत्यु



पहिलोपोस्ट

कार दुर्घटनामा भारतीय नागरिकको मृत्यु

हेटौँडा : मकवानपुरको भीमफेदी गाउँपालिका-९ अघोरमा कार दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु भएको छ। गएराति वीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको बा १ य १२८३ नम्बरको कार अघोरमा दुर्घटना हुँदा ४५ वर्षीय सन्तोष सल्वा कुमारको मृत्यु भएको हो।

दुर्घटनाबाट गम्भीर घाइते भएका उनको शुक्रवार बिहान हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। सो दुर्घटनाबाट भारत घर भएका अन्दाजी २४ वर्षीया गोपिकानन्द स्वामी र २३ वर्षीया लल्मी साहिटी गरी दुई जना घाइते भएका छन्।

प्रहरीका अनुसार, उनीहरुमध्ये एक जनाको अवस्था गम्भीर छ। हाल हेटौँडा अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले गाडी चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell