PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

गिफ्टको लोभ देखाएर ठगी धन्दा, नाइजेरीयन नाइकेसहित पाँचजना समातिए



पहिलोपोस्ट

गिफ्टको लोभ देखाएर ठगी धन्दा, नाइजेरीयन नाइकेसहित पाँचजना समातिए

काठमाडौः सामाजिक सञ्जालमार्फत ठगी गर्ने विदेशी नागरिकसहितको एक समूहलाई नियन्त्रणमा लिएको छ। केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले बुधवार दुई विदेशीसहित तीन जना नेपालीलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेले फेसबुक, ह्वाट्सएप, भाइबर लगायतबाट गिफ्ट पठाइदिन्छु भन्दै ठगी गर्ने गरेको ब्यूरोका एसपी वेलबहादुर पाण्डेले जानकारी दिए। पक्राउ पर्ने विदेशी नागरिकमा नाइजेरीयाका ४० वर्षीय सिरिल सिनोन्सो इबेहे र आइबेरिकोष्टका असापी अजि पेरिजेन रहेका छन्। त्यस्तै नेपालीहरुमा चितवनका ४० वर्षीय रामचन्द्र गैह्रे, काठमाडौं ठमेलका उमेश श्रेष्ठ र चितवन कालिकानगर नगरपालिकाका ३१ वर्षीय हरि ‌ओझा रहेका छन्।

उनीहरुले फेसबुक, भाइबर लगायत एपहरुमार्फत् नयाँ साथी बनाउथे, केही समय सामान्य कुराकानी गरेर नजिकिन्थे। त्यसपछि गिफ्ट पठाइदिने भन्दै पूरा ठेगाना, नम्बरसमेत माग्थे। आइफोन, गहना र केही मिठाइ गिफ्टमा पठाइदिएको जानकारी पठाउथे। त्यसपछि फरक नम्बरमार्फत गिरोहकै अर्का व्यक्तिले मोबाइलमा भारतबाट फोन गर्थे। उनीहरुले- 'तपाईंको साथीले पठाएको सामान इन्डियाको एयरपोर्टमा आएर अल्झिएको छ। कर तिर्नुपर्छ पैसा पठाउनु' भन्ने जानकारी दिन्थे।

पटकपटक पैसा पठाएपनि सामान भने आउँदैन थियो। किनकि उनीहरुले ठगी कार्य सकिएपछि सम्पर्कविहिन हुन्थे।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell