PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

आजबाट सालिनदीमा मेला : महिनादिन लामो ब्रतको पहिलो दिन यस्तो देखियो

आजबाट सालिनदीमा मेला : महिनादिन लामो ब्रतको पहिलो दिन यस्तो देखियो

प्रवीण रानाभाट/पहिलोपोस्ट


साँखु : हिन्दु धर्मावलम्बीहरुको माघ स्थान सुरु भएको छ। स्वस्थानीको ब्रत बस्ने दिनको सुरुवातलाई माघ स्थानका रुपमा पनि चिनिन्छ। हरेक वर्षको पुस शुक्ल पूर्णिमाबाट एक महिना लामो ब्रत बस्ने प्रचलन छ। घरघरमा स्वास्थानीको कथा सुनाउने परम्परागत चलन छ। माघ महात्मेका रुपमा स्वस्थानी कथालाई लिने गरिन्छ।

आजबाट पूर्वी काठमाडौंको पुरानो शहरमा रहेको सालिनदीमा विशेष मेला लाग्न सुरु गर्छ। स्वर्गबाट अप्सराहरु आएर नुवाइधुवाई गरेर सालिनदीमा स्वस्थानीको ब्रत बसेको मान्यता अनुसार धर्मावलम्बीहरु त्यसैअनुसार ब्रत बस्न यहाँ पुग्छन्। एक महिना लामो मेला नै लाग्छ यहाँ। महिनादिन भरि सालिनदीमा स्थान गर्न जानेहरुको भिड लाग्छ।

महिनादिन भरि नै सालिनदीमा बसेर ब्रत बस्नेहरु पनि हुन्छन्। सालिनदीमा माघ महात्मेको पहिलो दिन कस्तो छ त? तस्बिरबाट हेर्नुस सालिनदीमा भक्तहरु :

भक्तहरुको सालिनदीमा स्नान
स्नानपछि पराल बालेर आगो ताप्दै
यसरी लम्पसार परेर अगाडि बढ्दै भक्त
लम्पसार परेर अगाडि बढ्दै भक्त
नदीमा बत्ती देखाउँदै भक्त
सालिनदी परिसर
मन्दिरतिर जाँदै महिला
चल्दैछ पूजाआजा
चल्दैछ पूजाआजा
महिनादिनभरि यसैगरी बस्छन् उनीहरु
स्वस्थानी कथाका एक प्रमुख पात्र नवराको सिला
सालिनदी पार गर्दै भक्त
नवराजकी आमाको छाप्रो मानिन्छ यसलाई
पूजाका लागि जाँदै महिलाहरु


ट्रेन्डिङ पोस्ट

Ncell