PahiloPost

May 21, 2026 | ७ जेठ २०८३

फ्राइडे रिलिज: सिंगल स्क्रिनदेखि मल्‍टिप्लेक्ससम्म विदेशी फिल्म मात्रै



पहिलोपोस्ट

फ्राइडे रिलिज: सिंगल स्क्रिनदेखि मल्‍टिप्लेक्ससम्म विदेशी फिल्म मात्रै

काठमाडौं: यो साता फ्राइडे रिलिज अन्तर्गत कुनैपनि नेपाली फिल्म प्रदर्शनमा आएका छैनन्।

बलिउडतर्फ भने नेपालमा फिल्म 'छपाक', 'तानाजी : द अन्सङ वारियर' रिलिज भएका छन्।

दीपिका पादुकोण स्टारर 'छपाक'लाई मेगना गुलजारले निर्देशन गरेकी हुन्। फिल्ममा दीपिका एसिड पिडित लक्ष्मी अग्रवालको जीवनलाई रिलमा उतारेकी छिन्।

ओम राउत निर्देशित 'तानाजी: द अन्सङ वारियर'ले सैन्य नेतृत्वकर्ता तानाजी मालुसरेको जीवनी प्रस्तुत गरेको छ। एक्सन जनरमाको फिल्ममा तानाजीको भूमिका निर्वाह गरेका छन् अजय देवगणले। अन्य कलाकार सैफ अलि खान, काजोल, शरद केलकर लगायत कलाकारको अभिनय रहेको छ।

त्यस्तै हलिउडतर्फ फिल्म 'अन्डरवाटर' प्रदर्शनमा आएको छ। साइन्स फिक्सन हरर जनरमा निर्मित 'अन्डरवाटर'ले भूकम्पले प्रयोगशादा ध्वस्त बनाएको वैज्ञानिकहरुको कथा भन्छ।

विलियम इयुब्याङक निर्देशित यस फिल्ममा क्रिस्टेन स्टेवार्ट, टि जे मिलर, जेसिका हेन्विक लगायतको अभिनय रहेको छ।

तीनवटै विदेशी फिल्महरुले मल्टिप्लेक्समा सो पाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell