PahiloPost

May 21, 2026 | ७ जेठ २०८३

'हिजो आजका कुरा'मा नविनके भट्टराई पनि देखिँदै



पहिलोपोस्ट

'हिजो आजका कुरा'मा नविनके भट्टराई पनि देखिँदै

फिल्म 'हिजो आजका कुरा' छायांकनको क्रममा छ। शुक्रबार बसुन्धरास्थित पानस बैंक्वेटमा फिल्ममा समावेश एक गीत भिडियोको छायांकन भइरहेको छ। उक्‍त भिडियोमा फिल्मका कलाकार बाहेक अन्य अतिथी कलाकारहरु पनि देखिँदैछन्।

गायक नविन के भट्टराईले आफूपनि उक्त गीतमा अतिथी रहेको जानकारी दिए। उनले ट्वीटरमा फोटो पोस्ट गर्दै लेखेका छन्: 'फिल्म हिजो आजका कुराको छांयाकनको क्रममा।'

गायक शम्भुजीत बास्कोटा, शिवहरि पौडेल, हरिहर शर्मा, नम्रता श्रेष्ठ लगायत अन्य कलाकार पनि भिडियोमा देखिनेछन्।

नेपाल टेलिभिजनबाट लामो समयसम्म प्रसारण भएको चर्चित हास्य टेलिसिरियल ‘हिजो आजको कुरा’कै नाममा फिल्म बन्न लागेको हो। कलाकार सन्तोष पन्तको छोरा साकार पन्तले फिल्मको निर्देशन गर्दैछन्।

फिल्ममा टेलिश्रृङ्खलाकै जोडी सन्तोष पन्त र रमा थपलिया मुख्य भूमिकामा रहेका छन्। अन्य कलाकारहरु केकी अधिकारी, रिमा विश्वकर्मा, नितेशराज पन्त, ऋचा शर्मा, जेविका कार्की, अनुष्का अधिकारी, सविन शाक्य लगायतका कलाकारको अभिनय रहनेछ।

फिल्मको कथा विदेशमा रहेका र विदेश जान इच्चा राख्ने काठमाडौंका चार परिवारहरुको समस्या संघर्षमा केन्द्रित छ। कमेडी जनरमा निर्मित फिल्ममा पन्त बुबा छोराकै कथा रहेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell