PahiloPost

May 21, 2026 | ७ जेठ २०८३

मेलबर्न रेनेगेड्सविरुद्ध ३९ रन खर्चिँदै सन्दीपले लिए दुई विकेट



पहिलोपोस्ट

मेलबर्न रेनेगेड्सविरुद्ध ३९ रन खर्चिँदै सन्दीपले लिए दुई विकेट

अस्ट्रेलियामा जारी बिग व्यास लिग अन्तर्गत आजको खेलमा नेपाली स्पिनर सन्दीप लामिछानेले २ विकेट लिएका छन्।

मेलबर्न स्टार्समा आबद्ध लामिछानेले आज ४ ओभर बलिङ गर्दै ३९ रन दिएर २ विकेट लिएका हुन्।

मेलबर्न (डकल्यान्डमा) जारी खेलमा मेलबर्न स्टार्सले टस जितेर मेलबर्न रेनेगेड्सलाई ब्याटिङको निम्ता दिएको थियो। रेनेगेड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६८ रन बनायो।

रेनेगेड्सका लागि शाउन मार्सले सर्वाधिक ६३ रन बनाए। ४३ बलमा ६३ रन बनाएर क्रिजमा जमिरहेका मार्सलाई लामिछानेले पभेलियन फर्काउँदै टिमलाई राहत दिलाए। त्यस्तै २५ रन बनाएका बि वेवस्टरलाई पनि लामिछानेले आउट गराएका थिए। त्यसका अलवा रेनेगेड्सका लागि मार्कस ह्यारिसले ४२ रन जोडे।

अहिले मेलबर्न स्टार्स जवाफी ब्याटीङमा उत्रिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell