PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

दरबारमार्गमा यतिको भवन निर्माण रोक्न उच्च अदालतको आदेश



पहिलोपोस्ट

दरबारमार्गमा यतिको भवन निर्माण रोक्न उच्च अदालतको आदेश

काठमाडौं : नेपाल ट्रस्टको दरबारमार्ग स्थित जग्गामा यति समूहले बनाउँदै गरेको भवन निर्माण रोक्न अदालतले आदेश दिएको छ।

भवनको संरचना पूरा भइसकेको छ भने अहिले भित्री निर्माणहरु जारी रहेको छ। यही अवस्थामा निर्माण रोकको आदेश आएको हो।

उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले शुक्रवार जारी निर्माण रोक्न आदेश दिएको हो। अवैधानिक ढंगबाट सरकारले नेपाल ट्रष्टको जग्गा भाडामा दिएको भन्दै अधिवक्ता परिवर्तन राईले उच्च अदालतमा निवेदन दिएका थिए।

त्यस्तै, अदालतले दुवै पक्षलाई छलफलको लागि माघ १ गतेका लागि बोलाएको छ। सरकारले यति समूहको थामसेर्कु प्रालिलाई दरबारमार्गमा रहेको १ रोपनी १४ आना जग्गा ३० वर्षका लागि मासिक चार लाख १६ हजार रुपैयाँका दरले भाडामा दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell