PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

टुँडिखेलमा यस्तो देखियो छैटौं राष्ट्रिय घोडचढी प्रतियोगिता

टुँडिखेलमा यस्तो देखियो छैटौं राष्ट्रिय घोडचढी प्रतियोगिता

प्रवीण रानाभाट/पहिलोपोस्ट


शुक्रवार काठमाडौंमा छैटौं राष्ट्रिय घोडचढी प्रतियोगिता भएको छ। नेपाल घोडचढी संघको आयोजनामा काठमाडौंको टुँडिखेलमा प्रतियोगिता भएको हो।

प्रतियोगितामा हाइजम्प, टेन्ट पेगिङ र शो जम्पमा पुरुषतर्फ २० र महिलातर्फ ६ गरी २६ राइडरले प्रतिस्पर्धा गरेका थिए। महिला राइडरहरुलाई भने प्रतियोगिताका आधारमा नभएर प्रोत्साहनका लागि सहभागी गराइएको आयोजकले जनाएको छ।

प्रतियोगिताको शो जम्पतर्फ योगबहादुर बस्नेत पहिलो, लालबहादुर कुँवर दोस्रो तथा रामबहादुर दाहाल तेस्रो भए। त्यस्तै टेन्ट पेगिङतर्फ खदबहादुर कार्की पहिलो, गोविन्द बहादुर खड्का दोस्रो र लक्षमण रावल तेस्रो भए। यसैगरी हाइ जम्पतर्फ खिलध्वज खड्का पहिलो, रामबहादुर दाहाल दोस्रो र सविन कुमार पोखरेल तेस्रो भए।

विगतका वर्षहरुमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले मात्रै सहभागिता जनाउन पाउने प्रतियोगितामा यो वर्षदेखि अन्य राइडरहरुको पनि सहभागिता रहेको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell