PahiloPost

Jul 30, 2025 | १५ साउन २०८२

उपेन्द्र यादव र मोहम्मद इस्तियाक राईले छाडेपछिका रिक्त मन्त्रालय ढकाल र बास्कोटालाई



पहिलोपोस्ट

उपेन्द्र यादव र मोहम्मद इस्तियाक राईले छाडेपछिका रिक्त मन्त्रालय ढकाल र बास्कोटालाई

काठमाडौं : स्वास्थ्य मन्त्री भानुभक्त ढकाल र सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाको जिम्मेवारी थप भएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका ढकाललाई कानुन मन्त्रालय र सञ्चारमन्त्री बास्कोटालाई शहरी विकास मन्त्रालयको जिम्मेवारी तोकिएको हो।

राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले शुक्रबार जारी गरिएको विज्ञप्तिमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले सम्हाल्ने गरी र शहरी विकास मन्त्रालयको कार्यभार सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले सम्हाल्ने गरी तोकेको उल्लेख छ।

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेता मोहम्मद इस्तियाक राईले राजिनामा दिँदै सरकार छाडेपछि दुई मन्त्रालय मन्त्रीविहीन भएका थिए। अध्यक्ष यादवले कानुन मन्त्रालय र राईले शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell