PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

पत्रकार कुटपिट प्रकरण : दोषीलाई कारबाहीको माग गर्दै राजनीतिक पार्टीदेखि उद्योगीसम्म



पहिलोपोस्ट

पत्रकार कुटपिट प्रकरण : दोषीलाई कारबाहीको माग गर्दै राजनीतिक पार्टीदेखि उद्योगीसम्म

  • सुमित मिश्र-

जनकपुर : मंगलवार जनकपुरधाम उपमहानगरपालिकामा पत्रकारमाथि भएको दुर्व्यवहारको विभिन्न पार्टीसहित उद्योगीहरुले विरोध जनाएका छन्। उद्योग वाणिज्य संघ तथा राजनीतिक पार्टीले विज्ञप्ति जारी गर्दै निस्पक्ष छानबिन र दोषीलाई कडा कारबाहीको माग समेत गरेका छन्।

पत्रकारमाथि कुटपिट हुनु निन्दनीय भएको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) धनुषाले पनि दोषीलाई कारबाहीको माग गरेको छ। नेकपा धनुषाका अध्यक्ष राजकिशोर यादवले संचारकर्मीमाथि दुर्व्यवहारको भर्त्सना गर्दै सत्यतथ्य छानबिनका लागि जोड दिएका हुन्।

पुस २२ गते जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयमा समाचार संकलन गर्न पुगेका पत्रकारहरुमाथि नगरप्रमुख लालकिशोर साहले दुर्व्यवहार गरेका थिए।

घटना भए लगत्तै नेपाली कांग्रेस जनकपुरधाम उपमहानगरका अध्यक्ष मनोज साहले पनि विज्ञप्ति जारी गरी नगरप्रमुखद्वारा पत्रकारमाथि भएको कुटपिटको विरोध जनाएका थिए।

घटना भएको दिन पत्रकारहरु नगरप्रमुख लालकिशोर साहसँग जानकी मन्दिर फुलबारीको जग्गा अतिक्रमणमा नगरप्रमुखले ८५ लाख रुपैयाँ घुस लिएको आरोपबारे प्रतिक्रिया लिन पुगेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell