PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

रक्षामन्त्री ईश्वर पोखरेल चढेको हेलिकप्टर पाल्पामा आकस्मिक अवतरण



रासस

रक्षामन्त्री ईश्वर पोखरेल चढेको हेलिकप्टर पाल्पामा आकस्मिक अवतरण
प्रतीकात्मक तस्विर।

पाल्पा : उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल चढेको सैनिक हेलिकप्टर आज पाल्पामा आकस्मिक अवतरण गरिएको छ। रुपन्देहीको बुटबलमा अवतरण हुनुपर्ने सो हेलिकप्टर मौसमको खराबीका कारण पाल्पामा अवतरण गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुरज श्रेष्ठले बताए।

शनिवार रुपन्देही जिल्लास्थित नेपाली सेनाको मध्यपश्चिम पृतनाको कार्यक्रममा सहभागी हुन रक्षामन्त्री पोखरेल बुटवल गएका हुन्। हेलिकप्टर पाल्पा तानसेनमा अवतरण भएपछि मन्त्री पोखरेल गाडीमा बुटबलतर्फ गएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell