PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

अजय देवगनको तानहाजीलाई समीक्षकको कस्तो मत?



पहिलोपोस्ट

अजय देवगनको तानहाजीलाई समीक्षकको कस्तो मत?

इतिहासका कालखण्डको स्मृतिलाई जोगाइराख्‍न बलिउडले बेलाबेलामा तिनैमा आधारित भएर फिल्म बनाइरहन्छ। गएको वर्ष मनिकर्णिका, पानीपत, केसरी जस्ता फिल्महरु तिनै इतिहासलाई सम्झाउनेगरी तयार भएका थिए। २०२० को सुरुवातमै एउटा त्यस्तै वीरगाथा बोकेको फिल्म रिलिज भएको छ – तानहाजी – द अनसङ वारियर।

भारतको प्रादेशिक इतिहासको कथा हो तानहाजी जुन महाराष्ट्रका वीर तानहाजी मलुसेराको सैनिक जीवनमा आधारित छ। नेपाली सिनेमा घरका पर्दाहरुमा पनि यो फिल्म चलिरहेको छ। भारतीय समीक्षकहरुले फिल्मको मूल्याङ्कन कसरी गरेका छन् त?

अजय देवगन र सेफअल खान दुई योद्धका रुपमा फिल्ममा उत्रेका छन्। प्रकाश कापडिया र ओम राउतले फिल्मको कथाका लागि राम्रो मेहनत गरेको तर्क छ बलिउड हंगामाको। बलिउड हंगामाले फिल्मलाई चार स्टार दिएको छ। फिल्मको विशेषता उल्लेख गर्दै लेखिएको छ – यसले भारतीय इतिहासको एउटा महत्वपूर्ण कालखण्ड बताउनुका साथै पर्याप्त मनोरञ्जन दिन्छ।

ओम राउतको निर्देशनमा बनेको हो यो फिल्म। उनको निर्देशकीय कलालाई पनि समीक्षकहरुले गजब रुचाएका छन्। इतिहासको कालखण्डलाई स्मरण गराउँदै फिल्मले नाटकीय मोड लिने र बलिउड शैलीको मसला पनि समेटेको समीक्षामा उल्लेख छ। फिल्मलाई समीक्षकले सन् २०२० को पहिलो १ सय करोड कमाउने फिल्म बन्ने दावीसमेत गरेका छन्।

टाइम्स अफ इन्डियाले पनि फिल्मलाई ४ स्टार नै दिएको छ। छत्रपति शिवाजी महाराजका नजिकका सहयोगी र सैन्य नेता तनहाजीमाथि बनेको फिल्म बीरहरुको गाथा भएको उल्लेख गर्दै सनसनीपूर्ण रहेको जनाएको छ। ओम रावतको हिन्दी फिल्म डेब्युलाई सफल बताउँदै समीक्षामा इमोसन र ड्रामालाई सन्तुलित रुपमा फिल्ममा देखाइएको उल्लेख छ। फिल्मको एक्सन र भिजुअल अपीललाई सबैभन्दा धेरै बलियो मानिएको छ समीक्षामा।

फिल्मको समीक्षाका क्रममा हिन्दुस्तान टाइम्सले त अजय देवगनको क्लासिक सेन्चुरी नै भनेको छ तनहाजीलाई। फिल्म समीक्षाको सुरुमै सानदार फिल्म रहेको बताउँदै भिजुअल इफेक्टस र एक्सनको भरमग्दो तारिफ गरिएको छ। अजय देवगनको यो १ सय औं फिल्म पनि रहेको उल्लेख गर्दै अजय, सैफ र काजोलले फिल्मलाई जिवन्त बनाएको समीक्षामा उल्लेख छ। रेटिङविहीन समीक्षामा फिल्मलाई – पैसा असुल भनिएको छ। फिल्मलाई थ्रीडी भन्दा टू डी नै उपर्युक्त बताउँदै समीक्षामा थ्री डीमा हेर्दा डिस्ट्र्याक्ट भइने जनाएको छ।

द इन्डियन एक्सप्रेसले भने फिल्मलाई दुई स्टारमात्र दिएको छ। फिल्ममा सैफ अली खान नेगेटिभ रोलमा देखिएका छन् जसलाई समीक्षामा राम्रो तारिफ गरिएको छ। कतिपय पत्याउन नसकिने दृष्यहरुमाथि भने समीक्षकले औला ठड्याएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell