PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

सिनामंगलबाट हतियारसहित समातिए दुई जना



पहिलोपोस्ट

सिनामंगलबाट हतियारसहित समातिए दुई जना
प्रहरीले फेला पारेको रिभल्बर

काठमाडौं : प्रहरीले हतियारसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। काठमाडौंको सिनामंगलबाट महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले घरेलु हतियार रिभल्बरसहित दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा धनुषाका २५ वर्षीय धर्वेन्द्र पासवान र सिरहाका ४१ वर्षीय दिनेश कुमार झा रहेको प्रहरीले जनाएको छ। झा शिवा गेष्ट हाउसका सञ्चालक भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। त्यस्तै पासवान भने ट्राभल एजेन्सी सञ्चालक हुन्।

उनीहरुको सिनामंगलमा पार्किङ गरिरहेको बा १५ च १५३६ नम्बरको कार चेक गर्दा गाडीमा रिभल्बरसहित ६ वटा गोली फेला परेको थियो। उनीहरुले हतियार गाडीको सिटको पछाडि रहेको खल्तीमा लुकाएर राखेको अवस्था प्रहरीले बरामद गरेको हो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell