PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

जावलाखेलविरुद्ध १-० को जित निकाल्दै मछिन्द्र अंक तालिकाको शीर्ष स्थानमा



पहिलोपोस्ट

जावलाखेलविरुद्ध १-० को जित निकाल्दै मछिन्द्र अंक तालिकाको शीर्ष स्थानमा
फोटो : एन्फा।

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज भएको पहिलो खेलमा जावलाखेल युथ क्लबलाई हराउँदै मछिन्द्र क्लब अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रले जावलाखेललाई १-० गोल अन्तरले पराजित गरेको हो।

खेलको एकमात्र गोल मछिन्द्रका विशाल राईले गरे। ३१ औँ मिनेटमा राईले गरेको गोल नै निर्णायक सावित भयो।

छैठौँ चरणको पहिलो खेलमा जित निकालेको मछिन्द्रले १३ अंक जोडेको छ। मछिन्द्रले ६ खेलमध्ये ४ मा जित र २ खेलमा बराबरीको नतिजा निकालेको छ। जारी लिगमा अपराजित रहेको मछिन्द्र उपाधीको दाबेदार हो।

आज मछिन्द्रसँग पराजित भएको जावलाखेल ९ अंकसहित अंक तालिकाको पाँचौँ स्थानमा छ। उसले ६ खेलमध्ये २ मा जित, १ मा हार तथा ३ खेल बराबरी खेलेको छ।

तेस्रो स्थानको मनाङ मर्स्याङ्दी क्लब र १२ औँ स्थानको हिमालयन शेर्पा क्लबबीचको आजको दोस्रो खेल दशरथ रंगशालामा अहिले जारी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell