PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

नेकपा सचिवालय बैठक : आज पनि टुंगो लागेन सभामुखको उम्मेद्वार, उपसभामुखलाई राजीनामा दिन आग्रह



कुञ्जरमणि भट्टराई

नेकपा सचिवालय बैठक : आज पनि टुंगो लागेन सभामुखको उम्मेद्वार, उपसभामुखलाई राजीनामा दिन आग्रह
फाइल फोटो।

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुखको पदको लागि उम्मेद्वारी दिने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले सभामुखमा उम्मेद्वारी दिने निर्णय गरेको बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

त्यस्तै बैठकमा उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा दिनसमेत आग्रह गरिएको श्रेष्ठले बताए। यद्यपि आजको बैठकले सभामुखमा कसलाई उम्मेद्वार बनाउने भन्नेबारेको निर्णय भने गर्न सकेन। सभामुखको उम्मेद्वारी छलफलपछिमात्र टुंगो लगाइने श्रेष्ठले बताए।

आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सभामुखको नाम प्रस्ताव गर्ने भनिएको थियो।

गत पुस ११ र १६ गतेका लागि बोलाइएको संसद बैठक सूचना टाँस गरी स्थगित गरिएको थियो। अर्को बैठक आइतबारका लागि बोलाइएको छ।

तत्कालिन सभामुख कृष्णबहादुर महरा यौन दुर्व्यवहारको आरोपमा जेलमा छन्। गत असोजदेखि रिक्त सभामुख पदमा नेकपाभित्र अन्यौलता कायम छ।

उपसभामुख तुम्बाहाम्फे आफूले नै सभामुख पाउनुपर्ने अडानमा छिन्। त्यस्तै प्रधानमन्त्री ओली पूर्वसभामुख सुवास नेम्वाङ र प्रचण्ड स्थायी कमिटी सदस्य अग्नि सापकोटालाई सभामुख बनाउनुपर्ने आ-आफ्नै अडानमा रहेको नेकपाका नेताहरु बताउछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell