PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

पहिलो हाफमा गोल, दोस्रो हाफमा रेड कार्ड : खेल बराबरी



पहिलोपोस्ट

पहिलो हाफमा गोल, दोस्रो हाफमा रेड कार्ड : खेल बराबरी

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज भएको खेलमा आर्सनल र क्रिस्टल प्यालेस बराबरीमा रोकिएका छन्। क्रिस्टल प्यालेस घरेलु मैदानमा भएको खेलमा १-१ को बराबरीमा रोकिएको हो।

खेलको १२ औं मिनेटमै आर्सनलले अग्रता बनाएको थियो। आर्सनलका लागि ओबामेयाङले गोल गर्दै खेलमा अग्रता बनाए। पहिलो हाफमा आर्सनल नै अगाडी रह्यो तर दोस्रो हाफमा क्रिस्टल प्यालेस बराबरीमा फर्कन सफल रह्यो। खेलको ५४ औं मिनेटमा जोर्डन एयेउले गोल गर्दै खेल बराबरीमा ल्याए।

पहिलो हाफमा गोल गरेका ओबामेयाङ दोस्रो हाफमा भने रेड कार्ड खाँदै बाहिरिए। उनी क्रिस्टलका स्ट्राइकर मेयरलाई खराब ट्याकल गरेका कारण रेड कार्ड खाएका थिए।

अंक बाँडेसँगै क्रिस्टल प्यालेस र आर्सनल २९ र २८ अंक सहित क्रमश नवौ र दशौं स्थानमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell