
इङ्ग्लिस प्रिमियल लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सीले बर्नलीमाथि जित निकालेको छ। घरेलु मैदानमा भएको खेलमा चेल्सीले बर्नलीमा ३-० को जित निकालेको हो।
चेल्सीको जितमा लागि जोर्गिन्हो, अब्राहम र हुडसन ओडोइले गोल गरे।
खेलको २७ औं मिनेटमै जोर्गिन्होले गोल गर्दै टिमलाई अग्रता दिलाए। उनले पेनाल्टीमा पाएको अवसरलाई सदुपयोग गर्दै गोल गरेका थिए। ३८ औं मिनेटमा अब्राहमले अर्को गोल थपे। पहिलो हाफमा चेल्सी २-० ले अगाडि रह्यो।
दोस्रो हाफको शुरुमै हुडसनले गोल गर्दा चेल्सी ३-० को सहज अवस्थामा पुग्यो। उनले खेलको ४९ मिनेटमा गोल गरेका थिए।
त्यसपछि कुनै टिमले गोल गर्न नसक्दै खेल चेल्सीले आफ्नो पक्षमा पार्दै शीर्ष ४ भित्र आफ्नो स्थान सुरक्षित गरेको छ।