PahiloPost

Jul 30, 2025 | १५ साउन २०८२

टोटेनहमलाई हराउँदै लिभरपुलको अपराजित यात्रा कायमै



पहिलोपोस्ट

टोटेनहमलाई हराउँदै लिभरपुलको अपराजित यात्रा कायमै
तस्बिर: लिभरपुल/ट्विटर

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गतको गएराति भएको खेलमा टोटेनहम हट्सपरलाई हराउँदै लिभरपुलले आफ्नो अपराजित यात्रा कायमै राखेको छ।

घरेलु टोली टोटेनहमलाई १-० ले हराउँदै लिभरपुलले अपराजित यात्रा कायम राखेको हो। लिभरपुलको जितमा रोबर्टो फर्मिन्होले निर्णायक गोल गरे। उनले खेलको ३७ मिनेटमा गरेको गोल नै लिभरपुलको जितका लागि पर्याप्त बन्यो।

जितसँगै शीर्षस्थानको लिभरपुलले दोस्रो स्थानको लेस्टरसिटी भन्दा १६ अंकको अग्रता बनाएको छ। २१ खेलमा २० जित र १ बराबरी खेलेको लिभरपुलको ६१ अंक छ भने दोस्रो स्थानमा रहेको लेस्टरसिटीले २२ खेलमा १४ जित ३ बराबरी र ५ हार ब्यहोर्दै ४५ अंक बनाएको छ।

गएराति नै भएका अरु खेलहरुमा वुल्भस र न्यू क्यासल १-१ को बराबरीमा रोकिए। त्यस्तै लेस्टर सिटीलाई साउथ ह्याम्टनले २-१ ले हराउँदा एभर्टनले ब्राइटनमाथि १-० को संघर्षपूर्ण जित निकाल्यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell