PahiloPost

Jul 30, 2025 | १५ साउन २०८२

म्यानचेस्टर युनाइटेडको फराकिलो जित



पहिलोपोस्ट

म्यानचेस्टर युनाइटेडको फराकिलो जित
तस्बिर: रास्फोर्ड/ट्विटर

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले नर्विच सिटीमाथि फराकिलो जित निकालेको छ। खेलमा हावी भएको घरेलु टोली युनाटेडले नर्विच सिटीलाई ४-० को फराकिलो अन्तरले हराएको हो।

युनाइटेडको जितमा मार्कस रासफोर्डले २ गोल तथा एन्थोनी मार्टियल र म्यासन ग्रिनउडले समान १/१ गोल गरे।

खेलको २७ औं मिनेटमा युनाइटेडले अग्रता बनाएको थियो। युनाइटेडका लागि २७ औं मिनेटमा रासफोर्डले गोल गर्दै अग्रता बनाए। पहिलो हाफमा युनाइटेड १ गोलले अगाडि रह्यो। दोस्रो हाफमा पनि रासफोर्डले नै अर्को गोल थपे। खेलको ५२ औं मिनेटमा पेनाल्टीमा पाएको अवसरलाई सदुपयोग गर्दै रासफोर्डले दोस्रो गोल गरे। त्यसको २ मिनेट भित्रै मार्टियलले गोल गर्दा युनाइटेड ३-० को सहज अवस्थामा आइपुगिसकेको थियो।

खेलको ७६ औं मिनेटमा युनाइटेडका लागि ग्रिनउडले गोल गरेसँगै युनाइटेडले ४-० ले खेल आफ्नो पक्षमा पार्‍यो। जितसँगै युनाइटेड अंकतालिकाको शीर्ष पाँचमा उक्लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell