PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

काभ्रेलाई प्रदेश ३ को राजधानीमा जम्मा तीन मत, प्रस्ताव रिजेक्टेड



पहिलोपोस्ट

काभ्रेलाई प्रदेश ३ को राजधानीमा जम्मा तीन मत, प्रस्ताव रिजेक्टेड

काठमाडौँः प्रदेश नम्बर ३ को राजधानी काभ्रे तोकियोस् भन्ने विवेकशील पार्टीको प्रस्ताव दुई तिहाईले अस्वीकृत भएको छ। विवेकशीलका रमेश पौड्यालले उक्त प्रस्ताव पेश गरेका थिए। 

प्रस्तावको पक्षमा ३ र विपक्षमा १०१ मत पर्‍यो। 

सभामुख सानुकुमार श्रेष्ठले उक्त प्रस्ताव अस्वीकृत भएको घोषणा गरे। अहिले हेटौँडा कायम गरियोस् भन्ने प्रस्तावमा मतदान भइरहेको छ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै सांसदहरु हेटौडाका विपक्षमा थिए। उनीहरुले भौगोलिक दृष्टिकोणले काभ्रे राजधानी हुनुपर्ने माग गरेका थिए। यसमा विपक्षी दलहरु पनि सहमत थिए।

तर नेकपाको सचिवालयले प्रदेशको नाम वागमती र राजधानी मकवानपुरको हेटौँडा राख्न निर्देशन दिएको थियो। यसमा प्रदेश सांसदहरुले विरोध जनाएका थिए। उनीहरुले केन्द्रले प्रदेशको अधिकारमाथि हस्तक्षेप गरेको भन्दै फ्लोर क्रस गर्ने चेतावनी दिएका थिए।

तर, केन्द्रले जसरी भए पनि सचिवालय नै निर्देशन पारित गराउने प्रदेश ३ का वरिष्ठ नेताहरुलाई भने पछि प्रदेश ३ को संसदीय दलको बैठकले हेटौंडालाई राजधानी बनाउने प्रस्ताव पारित गरेको थियो। 

हेटौँडालाई राजधानी बनाउने प्रस्ताव विरुद्ध प्रदेश सांसदहरुले संसदीय दलमा फरक मत प्रस्ताव पेश गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell