PahiloPost

Jul 30, 2025 | १५ साउन २०८२

जो भेट्यो त्यसैलाई धारिलो हतियारले हान्दै हिँडेका युवक समातिए, प्रहरी पनि घाइते



पहिलोपोस्ट

जो भेट्यो त्यसैलाई धारिलो हतियारले हान्दै हिँडेका युवक समातिए, प्रहरी पनि घाइते
प्रतीकात्मक चित्र।

काठमाडौं : जथाभावी धारिलो हतियारले मानिसलाई आक्रमण गर्दै हिँड्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जाजरकोट घर भएका २० वर्षीय रामबहादुर विक नाम बताउने युवकले भक्तपुर क्षेत्रमा धारिलो हतियार प्रहार गर्दै हिँडेका थिए। हतियार प्रहारका कारण दुई जना घाइते समेत भएका छन्।

'के खाएर वा कुनै कारणले खुलेको छैन। तर, मानिसलाई आक्रमण गर्दै हिँडेपछि नियन्त्रणमा लिएका हौं,' महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दीपक गिरीले भने। विकले पार्किङ गरेको सवारी साधनमा समेत क्षति पुर्‍याएका छन्।

युवकको आक्रमणबाट दुई जना प्रहरी समेत घाइते भएका छन्। युवकले नियन्त्रण लिन पुगेका प्रहरीको औंलामा टोकेर घाइते बनाएको डिएसपी गिरीले जानकारी दिए। घाइतेमध्ये एक जनाको मध्यपुर अस्पतालमा र अर्को जनाको नेपाली सेनाको छाउनी अस्पतालमा उपचार भइरहेको छ।

प्रहरी नियन्त्रणमा रहेका युवक केही समयअघि मात्र इँटाभट्टामा काम गर्न भन्दै राजधानी आएको खुलेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell