PahiloPost

Jul 30, 2025 | १५ साउन २०८२

इक्यानको अध्यक्षमा पाण्डे सर्वसम्मत



पहिलोपोस्ट

इक्यानको अध्यक्षमा पाण्डे सर्वसम्मत

काठमाडौं : नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को अध्यक्षमा प्रकाश पाण्डे सर्वसम्मत चयन भएका छन्। आइतवार बिहान सम्पन्न १४ औँ साधरणसभाले पाण्डेलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो।

वर्तमान कार्यसमितिको कार्यकाल वैशाखसम्म भए पनि अर्ली अधिवेशन भएको हो। पाण्डे दोस्रो कार्यकालका लागि अध्यक्ष चयन भएका हुन्। उनी यसअघि २०७२ फागुनलेखि २०७४ चैतसम्म अध्यक्ष थिए।

महासचिवमा दीपकराज भुसाल चयन भएका छन्। भुसाल हालको कार्यसमिति सदस्य हुन्।

उपाध्यक्षमा देवीदास भट्टराई, शेषराज भट्टराई, कृष्णहरि केसी चयन भएका छन्। यस्तै सचिवमा वासुदेव दाहाल र बालकृष्ण (बिके) श्रेष्ठ चयन भएका छन्।

यस्तै, कोषाध्यक्षमा प्रकाश श्रेष्ठ र सह कोषाध्यक्षमा कर्णबहादुर गुरुङ चयन भएका छन्।

सदस्यहरुमा सुष्मा आचार्य, आशिक कार्की, रत्न भट्टराई, नवराज भट्टराई, पुष्पराज भट्टराई, विकल्पराज पोखरेल, आर्यन उप्रेती, भवनाथ हुमागाईँ, सुवास गौतम र शिवप्रसाद त्रिपाठी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell