PahiloPost

May 21, 2026 | ७ जेठ २०८३

अक्षय कुमारविरुद्ध मराठी संगठन, गरे मुद्दा दर्ताको माग



पहिलोपोस्ट

अक्षय कुमारविरुद्ध मराठी संगठन, गरे मुद्दा दर्ताको माग

एक मराठी संगठनले बलिउड अभिनेता अक्षय कुमारको विरुद्ध मुद्दा दर्ताको तयारी थालेका छन्। महाराष्ट्रको नान्देडस्थित जिल्ला अधिकारी र प्रहरीलाई पत्रमार्फत अक्षयले एक वासिङ पाउडको विज्ञापनमा मराठी समुदायको भावनामा चोट पुर्‍याएको बताएका हुन्।

निर्मा एड्भान्स नामक वासिङ पाउडरमा अक्षय मराठी राजाको रुपमा देखिएका छन्। उनी लडाई जितेर सेनाहरुसँगै दरबार फर्कन्छन् तर उनीहरुको लुगा फोहोर भएको हुन्छ। त्यसैबीच अक्षयले एक संवाद बोल्छन्- 'महाराजको सेना दुस्मनहरुलाई धुन सक्छन् र आफ्नो कपडा पनि।'

उक्त डाइलग र राजा र सेना पात्रहरुले लुगा धोएको दृश्यका कारण मराठी समुदायको अपमान भएको आरोप उनलाई लागेको हो।

साम्भाजी ब्रिगेड नामक मराठी संगठनले विहीबार नै अक्षयविरुद्ध मुद्धाको माग गरेका हुन्र वाजिरावाद प्रहरीका इन्चार्ज एसएस शिवालेले इन्डियन एक्सप्रेससँग भनेका छन्,'हामीले उहाँहरुको पत्रलाई सुपेरिटेन्डेन्टको कार्यालयमा पठाएका छौं।'

माइक्रो ब्लगिङ साइट ट्वीटरमा त निर्माविरुद्ध ह्यास ट्यागनै सुरु भएसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell