PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

पृथ्वीनारायण शाहको शालिकमा १०८ फिटको माला, राजधानीमा यस्तो देखियो २९८ औं पृथ्वी जयन्ती

पृथ्वीनारायण शाहको शालिकमा १०८ फिटको माला, राजधानीमा यस्तो देखियो २९८ औं पृथ्वी जयन्ती

प्रवीण रानाभाट/पहिलोपोस्ट


नेपाल एकिकरणका नायक पृथ्वीनारायण शाहको सम्झनामा आइतवार देशैभर २९८ औं पृथ्वी जयन्ती मनाइदै छ।

विसं १७७९ पुस २७ गते गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रुपमा जन्मिएका शाहले स–साना राज्यलाई एकीकरण गरी आधुनिक नेपालको निर्माण गरेका थिए।

भौगोलिक रुपमा छरिएर रहेका बाइसे–चौबीसे राज्यहरुलाई एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माता पनि भन्ने गरिन्छ। राष्ट्र निर्माता शाहको २९८ औं जन्मजयन्तीका अवसरमा आइतवार मुलकुभर विभिन्न कार्यक्रम गरी पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइदै छ।

यसै अवसरमा राजधानीमा पनि विभिन्न कार्यक्रमको आयोजना गरिएको छ। सिंहदरवारस्थित पृथ्वीनारायण शाहको शालिकमा १०८ फिटको माला लगाइएको छ। यसै क्रममा विभिन्न जातजातीहरुको झाँकी पनि निकालिएको थियो।

त्यस्तै नेपाली सेनाले पृथ्वीनारायण शाहको सम्झनामा गोर्खाबाट शुरु गरेको पदयात्रा पनि सिंहदरबार अगाडि आएर समापन गरेको छ।

पृथ्वी जयन्तीको अवसरमा विगतमा सरकारले सार्वजनिक बिदा दिने गरेपछि केही वर्षयता बिदा कटौती गरेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell