काठमाडौं : शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत आजको पहिलो खेलमा थ्री स्टार क्लब फ्रेन्ड्स क्लबसँग पराजित भएको छ।
आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा फ्रेन्ड्स क्लबले थ्री स्टार क्लबमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो। थ्री स्टारमाथि जित निकाल्न फ्रेन्ड्स क्बलका लागि वाग्नर डी कार्मोले निर्णायक गोल गरे। उनले खेलको १३ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए।
लिगको पहिलो जितसँगै फ्रेन्ड्स क्लब अंकतालिकामा १३ औं स्थानबाट ११ औं स्थानमा उक्लिएको छ। यो सँगै रेलिगेसनको जोखिमबाट फ्रेन्ड्स क्लबलाई थोरै भए पनि राहत मिलेको छ। ६ खेल खेलेको फ्रेन्ड्स क्लबले १ जित ३ हार र ३ बराबरी खेल्दै ५ अंक जोडेको हो।
अर्कोतर्फ अंकतालिकामा चौथो स्थानमा रहेको थ्री स्टार क्लबको यो दोस्रो हार हो। छ खेल खेलेको थ्री स्टारले ३ जित २ हार र १ बराबरी खेलेको छ।
आजै हुने दोस्रो खेलमा ब्रिगेड ब्वाइज क्लब र सरस्वती युवा क्लबले प्रतिस्पर्धा गर्नेछन्।