PahiloPost

Jul 30, 2025 | १५ साउन २०८२

सदन स्थगितप्रति कांग्रेस रुष्ट : प्रतिनिधि सभालाई दलगत अनिर्णयको बन्दी बनाइयो



पहिलोपोस्ट

सदन स्थगितप्रति कांग्रेस रुष्ट : प्रतिनिधि सभालाई दलगत अनिर्णयको बन्दी बनाइयो

काठमाडौं : आइतवार १ बजे हुने भनिएको प्रतिनिधिसभा बैठक स्थगित भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध जनाएको छ। हिउँदे अधिवेशनपछिको प्रतिनिधि सभाको चौथो बैठक स्थगित हुनु सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को गैर जिम्मेवारीपन भएको कांग्रेसको आरोप छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्ती जारी गर्दै सत्ता पक्षकै कारण महिना दिनदेखि सदन अवरुद्ध रहनुलाई गम्भीरतापूर्वक लिनु पर्ने बताए। विज्ञप्तीमार्फत् कांग्रेसले दलगत अनिर्णयको बन्दी प्रतिनिधिसभालाई नबनाउन सरकारलाई चेतावनी समेत दिएको छ। लेखिएको छ,'नेपाली कांग्रेस तत्काल निकासको मार्ग प्रशस्त गर्न सरकार र सत्तारूढ नेकपालाई सचेत गराउँदछ।'

सभामुखको उम्मेद्वार टुंगो लगाउन नसक्दा बैठक स्थगित भएको हो। संसदीय प्रणालीमा सभामुखको विशेष नेतृत्वदायी भूमिका भए पनि उक्त पद तीन महिनासम्म रिक्त हुनु र नयाँ सभामुख चयनका लागि प्रक्रिया अघि नबढाउनु आपत्तिजनक भएको कांग्रेसले जनाएको छ।

आजका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर माघ ६ गतेसम्मका लागि स्थगित गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell