PahiloPost

Jul 30, 2025 | १५ साउन २०८२

'जर्सी' छायाँकनको क्रममा शाहिद घाइते, ओठमा लगाउनु पर्‍यो १३ टाँका



पहिलोपोस्ट

'जर्सी' छायाँकनको क्रममा शाहिद घाइते, ओठमा लगाउनु पर्‍यो १३ टाँका

फिल्म 'जर्सी' छायांकनको क्रममा बलिउड अभिनेता शाहिद कपूर घाइते भएका छन्।

तेलेगु ब्लकबस्टर फिल्म 'जर्सी'को बलिउड रिमेकका लागि उनी हाल चन्डिगढमा छन्। त्यहाँ क्रिकेट खेल्ने सिन खिच्दै गर्दा बलले उनको ओठमा लागेको हो जसका कारण उनको ओठमा १३ टाँका लगाउनु परेको बलिउड बबलले जनाएको छ।

शाहिद घाइते भएसँगै जर्सीको छायाँकन स्थगित भएको छ। घाइते हुनुअघि शाहिदले रिहर्सल र छायांँकन स्थलको फोटो तथा भिडियो इन्स्टाग्राममार्फत् सेयर गर्दै आएका थिए। 

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

#jersey #prep

A post shared by Shahid Kapoor (@shahidkapoor) on

'कबिर सिंह'को समीक्षात्मक एवं व्यापारिक सफलता लगत्तै उनले जर्सी साइन गरेका थिए। 

जर्सीले ३६ वर्षीय क्रिकेटरको जीवनलाई पर्दामा उतार्छ। फिल्मका निर्देशक गोथाम तिन्नानुरी हुन्।

फिल्ममा शाहिदसँगै मृणाल ठाकुर, पंकज कपूर लगायतका कलाकारहरुले अभिनय गरेका छन्। फिल्म युनिटले यसै वर्षको २८ अगस्टमा रिलिज टार्गेट गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell