PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

इरानमा बेलायती राजदूत प्रहरी नियन्‍त्रणमा, बेलायत भन्छ- 'अन्तर्राष्ट्रिय कानूनको उल्लंघन भयो'



पहिलोपोस्ट

इरानमा बेलायती राजदूत प्रहरी नियन्‍त्रणमा, बेलायत भन्छ- 'अन्तर्राष्ट्रिय कानूनको उल्लंघन भयो'

इरानका लागि बेलायती राजदूत रब मेकयरलाई इरानी प्रहरीले नियन्त्रणमा लिएको थियो। राजदूत नियन्त्रणको विषयमाथि बेलायतले विरोध जनाएको छ।

इरानमा युक्रेनी विमान दुर्घटना हुनुमा आफ्नो सेनाको 'गल्ती' भएको स्वीकार गरेपछि इरानी विश्वविद्यालय बाहिर विरोध प्रदशर्न हुँदै आएको छ। १७३ सवार विमानमा सबैभन्दा धेरै यात्रु इरानकै थिए। उक्त दुर्घटनामा मृत्यु भएकाहरुको सम्झनामा आयोजित कार्यक्रममा सहभागी भएको भन्दै राजदूत रबलाई नियन्त्रणमा लिइएको थियो।

मृतकहरुको सम्झनामा आयोजित कार्यक्रमापछि सरकारविरुद्ध नारा लागेको थियो। रबलाई कपाल काटेर राजदूतावास जाने क्रममा नियन्त्रणमा लिइएको बताइएको छ। उनलाई प्रहरीले तीन घण्टा नियन्त्रणमा लिएकोलाई बेलायतले 'अन्तर्राष्ट्रिय कानूनको ठाडो उल्लंघन' को संज्ञा दिएको बीबीसीमा जनाइएको छ।

भियन्ना अभिसन्धी अन्तर्गत भने राजदूतहरुलाई पक्राउ गर्न पाइदैन।

इरानी संचारमाध्यमले भने राजदूत रबले त्यहाँ उपस्थित भीडलाई भड्काएको दाबी गरेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell