PahiloPost

Jul 30, 2025 | १५ साउन २०८२

नवलपरासीमा फलामखानी उत्खननको तयारी अन्तिम चरणमा



पहिलोपोस्ट

नवलपरासीमा फलामखानी उत्खननको तयारी अन्तिम चरणमा
Photo: Google Image

परासी : नवलपरासीमा भेटिएको फलामखानीबाट फलाम उत्खनन्को तयारी अन्तिम चरणमा पुगेको सरकारले जनाएको छ।

आइतवार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले परासीको धौवादीमा भेटिएको फलाम खानी उत्खनन्को तयारी अन्तिम चरणमा पुगेको जनाएको हो।

मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा मन्त्रालयको उद्योग विभागका सचिव याम कुमारी खतिवडाले फलामको गुणस्तरको सफल परीक्षण भएको र सञ्चालनको मोडालिटी पनि तयार भइसकेको बताइन्। फलामको उत्खनन् र प्रशोधनका लागि कम्पनी खडा गरिएको उनले बताइन्।

‘गुणस्तर सम्बन्धि विषयको सफल परीक्षण भइसकेको छ। डिपोजिट पर्याप्त मात्रामा छ भन्ने पनि आइसकेको र नमुना परीक्षण पनि सफलताका साथ भइसकेको छ। अहिले औद्योगिक परीक्षण चीनमा भइरहेको छ। उत्खनन् र प्रशोधनका लागि कम्पनी खडा गरी सञ्चालनको मोडालिटीमा पनि तयार भएको छ,’ उनले भनिन्।

सचिव खतिवडाका अनुसार दैलेखमा भेटिएको पेट्रोलिय पदार्थको अन्वेषणका लागि चीनसँग सम्झौता भइ काम शुरु भइसकेको छ। ४ महिनाभित्रमा ड्रिलिङको काम सकिएर कति मात्रामा पेट्रोलियम पदार्थ निकाल्न मिल्छ भनेर व्यवसायीक रुपमा थाहा हुने उनले बताइन्। दैलेखमा मात्रै नभएर अहिले सुर्खेत र तानसेनमा पनि यससम्बन्धि काम भइरहेको मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell