
अस्ट्रेलियामा जारी बिग ब्यास लिग अन्तर्गत आजको खेलमा सन्दीप लामिछाने आबद्ध मेलबर्न स्टार्सले सिड्नी सिक्सर्सलाई पराजित गरेको छ। मेलबर्नले सिड्नीलाई ४४ रनले हराएको हो।
टस हारेर ब्याटिङमा उत्रिएको मेलबर्नले निर्धारित २० ओभरमा १ विकेट गुमाउँदै २ सय १९ रनको विशाल लक्ष्य प्रस्तुत गर्यो।
मेलबर्नका लागि मार्कस स्टोइनिसले अभिजित सर्वाधिक १ सय ४७ रन बनाउँदा हिल्टन कार्टराइट ५९ रन बनाएर पभेलियन फर्किए। त्यसबाहेक म्याक्सवेलले अभिजित ५ रन बनाए।
जवाफी ब्याटिङमा उत्रिएको सिड्नी सिक्सर्स निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनाउँद ४४ रनको पराजय भोग्यो।
सन्दीप लामिछानेले ४ ओभर बलिङ गर्दै ३५ रन खर्चिएर १ विकेट लिए। उनले १२ दशमलव २ ओभरमा टम कुरुनको विकेट लिए।
जारी सिजन ९ खेलमा ८ जित निकालेको मेलबर्न स्टार्स १६ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ।